मन्त्रिपरिषद् बैठक चलिरहेका बेला प्रधानमन्त्री कार्यालय पुगे सुदन गुरुङ

लोकपथ
8.2k
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मानिएका सुदन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका छन् ।

केहीबेरअघि गुरुङ प्रधानमन्त्री कार्यालय पुगेका हुन् । त्यसो त आजै जेनजी आन्दोलनका घाइतेहरुले उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

सुदनले जेनजी आन्दोलनलाई हाइज्याक गरेको भन्दै उनीविरुद्ध नाराबाजी भएको केही समयमा नै उनी प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनले आजै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको खबर पाएको भन्दै त्यहाँ पुगेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?