अब बन्ने मन्त्रिमण्डलमा कर्णालीबाट डम्बर साहुको चर्चा

लोकपथ
1.5k
Shares

काठमाडौं । अहिले अन्तरिम सरकार गठन भइ मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको छ । भदौ २७ गते शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । आइतबार पदभार ग्रहण गरेसँगै त्यही दिन नै तीन जना मन्त्रीहरु नियुक्त गरे पनि एक सातासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

यसअघि नियुक्त भएका तीनै जना मन्त्रीहरु विषय विज्ञ रहेका छन् । जसकारण पनि आगामी मन्त्रीहरु समेत सम्बन्धित क्षेत्रको विज्ञ बनाउने गरी प्रधानमन्त्री कार्की तयारीमा लागेकी छन् । यसै क्रममा विभिन्न व्यक्तिहरुको चर्चा चुलिएको छ । त्यो मध्ये एक नाम हो, कर्णालीका डम्बर साहु ।

गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी अभियान चलाएका साहु कर्णालीको सल्यान निवासी बासिन्दा हुन् । साथै स्थानीय तहलाई गैरदलीय बनाउन अभियान नै चलाएका उनलाई आगामी मन्त्री बनाउन कर्णालीका युवाहरुले अभियान नै चलाएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा समेत संलग्न रहेका साहु यदी जिम्मेवारी पाएमा योगदान दिन तयार रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?