विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

लोकपथ
805
Shares

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायलको नियन्त्रणमा परेर बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरिन् । त्यस्तै, बहिनी पुष्पाले दाइ निर्दोष रहेको भन्दै शीघ्र स्वदेश फर्काइदिन सहयोग गर्न अनुरोध गरिन् ।

जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् । उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग संवाद गरी आवश्यक पहल गर्ने बताइन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै बहिनी पुष्पाले पनि प्रधानमन्त्रीको पहलमा दाइ घर फर्किनेमा आफू विश्वस्त रहेको धारणा राखिन् ।

कञ्चनपुरका जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?