राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित हुँदैछन् : उपाध्यक्ष खतिवडा

लोकपथ
280
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले मुलुकका राजनीतिक दलहरू आफ्नै कारणले जनताबाट विस्थापित भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले जनताले परिवर्तन ल्याउने र समाजवादतर्फ अग्रसर हुने दलहरूलाई समेत मन पराउन छोडेको उल्लेख गरे । उनले यसको मुख्य कारण नेताहरूको व्यवहार, चरित्र र कार्यशैली भएको बताए ।

‘कम्युनिष्ट पार्टी वितृष्णा, निषेध र समाप्तिको डिलमा पुगेको अवस्था अरू कसैको कारणले होइन, हाम्रो आफ्नै कारणले हो,‘खतिवडाले भने, ‘सत्तामा पुग्दा वर्ग संघर्षलाई जोड दिन छोडियो, सत्तामा टिक्न मात्रै जोड दिइयो, तर श्रमजीवी वर्गको उत्थानका लागि कहिल्यै काम भएन ।’

उनले कांग्रेससहित अन्य दलहरू पनि विस्थापित भइरहेको तर समाजवाद र गणतन्त्रको नारा दिने कम्युनिष्ट दलहरूमाथि जनताको आस्था घट्नु सबैभन्दा डरलाग्दो स्थिति भएको बताए ।

सत्तामा पुगेपछि समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न कुनै प्रयास नगरेको आरोपसमेत खतिवडाले आफ्नै पार्टीसहित सम्पूर्ण दलहरूमाथि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?