माओवादी बैठक : प्रचण्डले राखे मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव

लोकपथ
546
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशनको कुरा उठेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

आज कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मंसिरमा हुने गरी विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

साथै उनले विशेष महाधिवेशनका लागि वर्तमान केन्द्रीय समिति भंग हुने प्रस्ताव समेत गरेका छन् । यता प्रचण्ड संयोजक बनेका छन् भने अन्य पदहरु राखिएको छैन ।

जेनजी आन्दोलनपछि हरेक राजनीतिक दलमा वर्तमान नेतृत्वप्रति असन्तुष्टि बढ्दो छ । माओवादीमा पनि उपमहासचिव जनार्दन शर्माले प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्व चयनका लागि बाटो खुला गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?