नख्खु कारागारबाट फरार कैदीले गरे श्रीमतीको हत्या

लोकपथ
6.1k
Shares

काठमाडौं । गत भदौ २४ गते नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जेनजी आन्दोलन उग्र बनेपछि नख्खु कारागारमा रहेका सन्तबहादुर तामाङ अन्य कैदीसँगै फरार बनेका थिए । काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थायी घर भएका तामाङले ३० वर्षीया श्रीमती मनिषा ध्यावा तामाङको हत्या गरेका हुन् ।

यसअघि जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर त्यहाँको अनुसन्धान अघि बढाएको छ ।

भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा नख्खु कारागारमा रहेका सबै कैदीबन्दी भागेका थिए । उक्त कारागारमा सहकारी ठगी प्रकरणमा दोषी देखिएका रास्वपा सभापति रवि लामिछाने समेत निस्किएका थिए ।

देशभर साढे १४ हजार कैदीहरु फरार रहेकोमा हालसम्म आधा पनि कारागार फर्किएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?