प्रधानमन्त्री कार्की र निजी क्षेत्रका अगुवाबिच के भयो छलफल ?

लोकपथ
497
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग उद्योग व्यवसायमा परेको असरबारे छलफल गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उद्योग वाणिज्य प्रवर्द्धन परिषद्का सदस्य र जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योगी व्यवसायी सङ्घसँग छलफल गरिएको हो ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

छलफलपछि अध्यक्ष ढकालले सरकारले तोडफोड र आगजनीबाट प्रभावित उद्योग व्यवसायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । उनले भने, ‘यस छलफलले निजी क्षेत्रको मनोबल बढाउने सन्देश दिएको छ । सरकारको साथ–सहयोग उद्योगी व्यवसायीका लागि सकारात्मक आश्वासन हो ।’

जेनजी आन्दोलनको अवसरमा निजी क्षेत्रलाई लक्षित गर्दै तोडफोड र आगजनी गरिएकाले उद्योग व्यवसायमा ठुलो क्षति भएको व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?