नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, भोलि जाने

लोकपथ
434
Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) जाने तयारीमा रहेको नेपाली क्रिकेट टोलीको भिसा प्राप्त भएको छ ।

आगामी सेप्टेम्बर २७ देखि ३० सम्म युएइमा नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय टोलीबिच युनिटी टी२० इन्टरनेशनल खेल हुन लागेको छ ।

वर्तमान परिस्थिति देखाउँदै युएइले नेपालीका लागि भिसा रोकेको छ । तर खेलाडीहरुलाई भने भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

लामाका अनुसार नेपाली क्रिकेट टोली असोज ६ गते सोमबार (भोलि) युएइ प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?