जेनजी आन्दोलनका घाइतेहरु प्रधानमन्त्री भेट्न पुगे सिंहदरबार

लोकपथ
784
Shares

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरु प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने तयारी गरेका छन् ।

घाइतेहरु अहिले प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय जान सिंहदरबारको मुख्य प्रवेशद्वारमा भेला भएका छन् ।

उनीहरुलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिएपछि उनीहरु अहिले त्यहीँ बसेर धर्ना दिइरहेका छन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कतिपय घाइतेहरु अझै अस्पतालमा उपचाररत रहँदा कतिपय भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घाइतेहरुले प्रधानमन्त्री कार्की समक्ष जेनजी आन्दोलनबारे ब्रिफिङ गर्ने तयारी गरेका छन् । साथै जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढाउन दबाब सिर्जना गर्न लागेका हुन् ।

गत भदौ २७ गते जेनजी समूहको माग बमोजिम कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । ६ महिनामा निर्वाचन गराउने म्याण्डेट पाएकी प्रधानमन्त्री कार्कीले हालसम्म तीन मन्त्री नियुक्त गरेकी छन् । साथै जेनजी आन्दोलनका क्रममा भएको धरपकड र भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली न्यायिक आयोग बनाउन समेत आवाज उठिरहेको छ । प्रधानमन्त्री कार्कीले न्यायीक आयोग बनाउनेबारे छलफलमा जुटिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?