राष्ट्रपतिद्वारा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण 

लोकपथ
2.6k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्ने विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले आज शीतल निवासमा प्रमाणीकरण गरेका हुन्  ।

राष्ट्रपति कार्यालयका अनुसार, यो विधेयक प्रमाणीकरण कार्य नेपालको संविधानको धारा ११३ को उपधारा ९ अनुसार गरिएको हो ।

विधेयक प्रमाणीकरणसँगै नागरिकता सम्बन्धी कानुनी प्रक्रिया र नियमहरूमा उल्लेखनीय परिवर्तनको मार्ग खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?