काठमाडौं । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् ।
आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठुलो आन्दोलन भएकोले अब सुशासन कायम गर्न सम्झौता सम्भव नरहेको बताए ।
उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सबैले सक्रिय प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री घिसिङका अनुसार, सबै मन्त्रालय र सचिवहरूलाई सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ ।
उनले जिम्मेवारी लिएर समयमा आयोजना पूरा नगर्ने पक्षसँग सम्झौता तोड्ने पनि संकेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया