राप्रपाले किन लियो १४५ स्थानको उम्मेदवारी फिर्ता ?

 काठमाडौँ, २१ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए उक्त बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?