मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् छलफलका एजेण्डाहरु

लोकपथ
3.4k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी आज साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

भदौ २७ गते शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले हालसम्म ३ जना मात्रै मन्त्री नियुक्त गरेकी छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना समेत भइरहेको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषदमा केही सदस्यहरु थप गर्ने विषयमा समेत छलफल हुनेछ । साथै बैठकमा दैनिक प्रशासनिक कामलाई चुस्तदुरुस्त बनाउने विषयमा समेत छलफल हुनेछ ।

त्यस्तै आजको बैठकमा जेनजी आन्दोलनबारे छानबिनका लागि न्यायिक आयोग गठनको छलफल समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?