बाढीपहिरो : आज अवरुद्ध छन् यी ७ राजमार्ग [सूचीसहित]

लोकपथ
497
Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध भएका छन् । तुइन खोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिङ सडकसहित सात वटा मुख्य राजमार्ग प्रभावित भएका छन् ।

नेपाल प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत संखुवासभाको भोटखोला-४ वरुण र मकालु–३ एकुवामा सडक अवरुद्ध भएको छ । बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड-२ मा नेपाल-चीन जोड्ने पुल नहुँदा यातायात बन्द छ । यस्तै, उत्तरगया-५ नौविसेमा सडक एकतर्फी सञ्चालनमा रहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारी खण्डमा पहिरोले बाटो पूर्ण रूपमा रोकिएको छ ।

गण्डकी प्रदेशको म्याग्दी, बेनी-४ घुमाउने भीरमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नवलपरासी पूर्व, गैँडाकोट-३ तरङ्खोला र विनयी त्रिवेणी-२ विश्वकर्मा मन्दिर नजिकैको पैसठ्ठी मोडमा सडक एकतर्फी सञ्चालनमा छ ।

त्यस्तै, कर्णाली प्रदेशको जाजरकोट, नलगाड-११ भिरकुनामा सडक पूर्ण रूपमा बन्द छ भने रुकुमपूर्व, भुमे-४ काँडाबगर र लुम्बिनी प्रदेशअन्तर्गत तानसेनको धोविधारामा सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?