काठमाडौं । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटनामा परेको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया