मनसुनी वायु कमजोर, कोशी-बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

लोकपथ
392
Shares

काठमाडौं । देशमा मनसुनी वायु कमजोर हुँदै गए पनि स्थानीय वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरले कोशी र बागमती प्रदेशमा सामान्य बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान छ। ती प्रदेशका पहाडी भूभागका केही स्थानमा, बाँकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा र तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने विभागले जनाएको छ । साथै, ती भूभागका थोरै स्थानमा र देशका अन्य भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?