काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-वानबी भिसा कार्यक्रमअन्तर्गतका आवेदकलाई प्रायोजन गर्ने कम्पनीहरूले तिर्ने शुल्क बढाएर १ लाख डलर पुर्याउने निर्णय गरेका छन् ।
ट्रम्प प्रशासनले यो कदम अमेरिकामा केवल उच्च दक्षता र विशेष योग्यता भएका व्यक्तिलाई मात्र भित्र्याउने उद्देश्यसहित अघि बढाइएको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी कामदारलाई प्रतिस्थापन गर्न नसकिने उच्च दक्ष प्रतिभा ल्याउन यो नीति आवश्यक छ ।’
यसअघि केही हजार डलरमा सीमित रहेको शुल्क अब १ लाख डलर पुगेपछि विदेशी दक्ष कामदार भित्र्याउन कम्पनीहरूले झन् महँगो भुक्तानी गर्नुपर्नेछ ।
सरकारले एच-वानबी कार्यक्रमको प्रणालीगत दुरुपयोगका कारण अमेरिकी कामदारहरू ठूलो संख्यामा विस्थापित भएको दाबी गर्दै यसले देशको आर्थिक शक्ति र राष्ट्रिय सुरक्षामा नकारात्मक असर पारेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया