दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ? [सूचीसहित]

लोकपथ
588
Shares

काठमाडौं । यस वर्षको दसैँ टीकाको उत्तम साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत तोकेको थियो ।

अन्तर्राष्ट्रिय समितिले विभिन्न मुलुकका लागि समेत साइत तोकेको छ । जसअनुसार भारतमा बिहान ११ः४९ बजे, अमेरिकाको न्युयोर्कमा ११ः२५ बजे, फ्र्यांकफर्ट (केन्टुकी) मा ११ः५७ बजे, टेक्सासमा ११ः३३ बजे, क्यालिफोर्नियामा ११ः११ बजे, क्यानडाको टोरेन्टोमा ११ः११ बजे र अष्ट्रेलियाको सिड्नीमा बिहान ११ः४३ बजे टीका लगाउन उत्तम हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?