मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने

लोकपथ
63
Shares

काठमाडौं ।  मधेस प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा आज मधेस प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकमा सो निर्णय गरिएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

सभामुख मण्डलका अनुसार सबै दलले संघीयता विषयमा एक मत रहने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ बैठक बोलाउने निर्णय गरेका हुन् । 

जेनजी प्रदर्शनका क्रममा प्रदेशसभामा भएको आगजनी, तोडफोड र लुटपाटका कारण ४० करोडभन्दा बढीको क्षति भएको र क्षतिग्रस्त संरचना तत्काल सामान्य मर्मत गरेर बैठक आह्वान गर्ने सहमति भएको सचिवालयले जनाएको छ।

बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित विभिन्न दलका नेताहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?