काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजीलाई सडक आन्दोलनमात्र नभई नयाँ राजनीतिक संरचना निर्माणमा नेतृत्व लिन आह्वान गरेका छन् ।
उनका अनुसार सन् १९९७ पछि जन्मेका जेनजी युवाहरू भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध उठेका छन् र उनीहरूको आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो । भट्टराईले भने, ‘नयाँ पुस्ताले अब संस्थागत नेतृत्व लिन ढिलाइ गर्नु हुँदैन। हामी पुराना पुस्ता सघाउन तयार छौँ, तर भविष्य उनीहरूको काँधमा छ ।’
भट्टराईले हालको मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई भ्रष्टाचार र सत्ताको दोहनमा डुबेको आरोप लगाए । उनले आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम गर्न नसकेको भन्दै, भ्रष्ट सम्पत्तिको छानबिन र राष्ट्रियकरण अपरिहार्य भएको बताए ।
अन्तरिम सरकारले सीमित भूमिका लिनुपर्ने उनको धारणा छ । उनले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सक्षम व्यक्तित्वको रूपमा प्रस्तुत गर्दै भने, ‘सरकारको मुख्य दायित्व चुनाव सम्पन्न गर्नु हो । विकासका ठुला योजना घोषणा गर्ने समय अहिले होइन ।’
विद्युत् क्षेत्र सुधारमा कुलमान घिसिङका उपलब्धिहरूको समर्थन गर्दै भट्टराईले उद्योगी–व्यवसायीहरूले महसुल तिर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको बताएका छन् । तर यस विषयमा मत विभाजन पनि रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया