काठमाडौं । सरकारले दसैँअगावै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ ।
शनिबार ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सो निर्णय गरेको हो ।
मन्त्री घिसिङका अनुसार, निर्माण कम्पनीले पूर्ण सुरक्षा सुनिश्चित गर्न नसकेको भए पनि परीक्षणको रूपमा सुरुङमार्ग सञ्चालन गर्न निर्देशन दिइएको छ । दसैँपछिको लागि सुरुङमार्गमा प्रवेश रोक्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले चाडबाडमा यातायात व्यवस्थापन र सडक सुरक्षाका लागि सात वटा निर्णय पनि गरेको छ । यसअनुसार, काठमाडौं उपत्यकाको नयाँ बसपार्क र राजमार्गमा प्रहरी गस्ती बढाउने, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा भारी सवारी रोक्ने, र आवश्यक खाद्यान्न तथा आपत्कालीन सामग्री ढुवानी सवारीलाई आवागमनको सुविधा दिने व्यवस्था मिलाइने छ ।
त्यस्तै, नारायणगढ–मुग्लिङ सडकको तुइन खोलामा पहिरो हटाइने, तातोपानी नाकासँग जोड्ने मुख्य सडक दसैँअघि सञ्चालनमा ल्याउने, र सडक अवस्था र मौसम अनुसार सार्वजनिक सूचना जारी गर्ने व्यवस्था पनि बैठकले तय गरेको छ ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ लगायतका सरोकारवालाहरू उपस्थित थिए ।
बैठकबाट भएका निर्णयहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया