अर्थमन्त्री खनालद्वारा जेनजी आन्दोलनबाट क्षतिग्रस्त सीजी डिजिटल पार्क अवलोकन

लोकपथ
441
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हालैको जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सुतंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन् । 

आन्दोलनका क्रममा अरबौँ रुपैयाँ बराबरको क्षति पुगेको यो प्रमुख औद्योगिक इकाईमा मन्त्री खनालले निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले भने, ‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो । निजी क्षेत्रको सक्रियता र लगानी विना यो सम्भव छैन । सरकार सहयोग र सहजीकरण गर्न तयार छ ।’

सीजी डिजिटल पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री तथा एलजीजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उपकरण एसेम्बल हुँदै आएका थिए । आगजनीका बाबजुद चौधरी ग्रुपले आपूर्ति श्रृंखलामा कुनै अवरुद्ध नहुने सुनिश्चित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?