काठमाडौं । नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् ।
सिरिजपछि नेपाली टोलीले मलेसियामै अक्टोबर २८ देखि ५ खेलको टी–२० आई सिरिज पनि खेल्नेछ ।
सिरिज खेल्ने नेपाली खेलाडीहरूमा इन्दु वर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया