स्वास्थ्य मन्त्रालयको सफाई अभियानमा जुटे सहकारी पीडितहरु

लोकपथ
168
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन सफा गर्न सहकारी पीडितहरू स्वयंसेवी रूपमा सहभागी भएका छन् ।

शनिबार काठमाडौंको रामशाहपथस्थित मन्त्रालयमा सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा पीडितहरू सफाइ अभियानमा जुटेका हुन् । सहकारी पीडित कुशलभ केसीले भने, ‘हामी सचेत नागरिक हौँ । देश बनाउन सक्षम छौँ । सरकारले सहयोग मागेपछि हामीले पनि सेवा गर्ने उद्देश्यले स्वयंसेवी काममा सहभागिता जनाएका हौँ । आज करिब एक हजार जना यहाँ सहभागी भएका छौँ ।’

सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता दिलाउने माग गर्दै लामो समयदेखि दबाबसहित आन्दोलन गर्दै आएका थिए । अब उनीहरूले सरकारको आग्रहमा मन्त्रालयको भवन सफा गरेर सेवाग्राहीका लागि काम गर्न योग्य वातावरण बनाउन योगदान दिएका छन् ।

सहकारी पीडितहरूको भनाइ अनुसार, ‘हामी आन्दोलनमा थियौँ, तर सरकारले सहयोग गर्नुस् भने हामी सफाइ अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?