दसैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो

लोकपथ
105
Shares

काठमाडौं । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरुको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानमा यात्रुको भीड दिनानुदिन बढ्दै गएको छ ।

काम र पढाइको सिलसिलामा काठमाडौंमा रहेका मानिसहरू दसैँ मनाउन घर फर्किन थालेका हुन् । तर, यस वर्ष यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । अग्रिम बुकिङ नखुल्दा यात्रुहरूले घटस्थापना अगाडि नै घर फर्किन थालेका छन् ।

जेनजी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिले विद्यालय र क्याम्पसहरू बिदा भएपछि विद्यार्थी तथा शिक्षकहरू समेत घर फर्कन थालेका छन् ।

यातायात व्यवसायीका अनुसार, अघिल्ला वर्षमा दसैँलक्षित अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भए पनि यस पटक त्यसो गर्न सकिएको छैन ।

ट्राफिक प्रहरीले फूलपातीदेखि टीकासम्मलाई यात्रु आवागमनको अत्यधिक समयका रूपमा लिने गरेको छ । यस वर्ष दसैँको टीका असोज १६ गते परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?