‘महत्वपूर्ण सम्पत्तिहरु ध्वस्त बनाएपछि अब देशको विकास चाँडो हुँदैन’

लोकपथ
987
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन् ।

शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् । उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ । यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनुपर्छ । २३ गतेको घटना सामान्य रुपमा हेरेको हो । नयाँ पुस्ता जसलाई जेन जीको रुपमा परिभाषित गरेका छन् । उहाँहरु शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो । त्यो स्थिति रहेन । उहाँहरुले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन । तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ । जे भयो यो एकदमै गलत भयो । शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरुप्रति कसरी प्रहारहरु भयो त्यो पनि बुझ्नुपर्छ । कतापटिबाट शुरु भयो भन्नेकुरा । कसरी अचानक रुपमा आयो । राष्ट्रिय सम्पत्ति यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन ।’

उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताइन् ।

आवेग, उत्तेजना भन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरी हित हुनेगरी काम गर्नुपर्ने उनको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?