काठमाडौं । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ ।
कम्पनीले कर्मचारीहरूको रोजगारी सुरक्षित हुने र उनीहरूको जागिर गुम्ने अवस्था नआउने जनाएको छ । साथै दसैँमा कर्मचारीलाई भत्ता पनि उपलब्ध गराइनेछ जनाएको छ ।
गत भदौ २४ गते भएको तोडफोड र आगजनीबाट भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन् ।
यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी, कोटेश्वर र बालुवाटार) तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन् ।
हाल भाटभटेनीमा करिब १० हजार कर्मचारी कार्यरत छन् । कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर कर्मचारीहरूको रोजगारी सुनिश्चित गर्ने योजना बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया