काठमाडौं । मोरङको जहदा गाउँपालिका–४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका–३ का २७ वर्षीय सुचित कुमार सिंहसहित तीन जनालाई बिहीबार राति इलाका प्रहरी कार्यालय रंगेली र पोखरीयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नगद ४८ हजार ६१५ रुपैयाँ र १४ थान कौडा बरामद गरेको छ ।
प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया