रौतहटमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

लोकपथ
147
Shares

काठमाडौं । रौतहटमा बेवारिसे अवस्थामा शुक्रबार बिहान पुरुषको शव फेला परेको छ । जिल्लाको राजदेवी नगरपालिका–४, गडहीया घाटस्थित बागमती नदीको किनारमा पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । करिब ४०–४२ वर्ष उमेरको देखिने पुरुषको हालसम्म सनाखत हुन नसकेको र शव सम्बन्धी विवरण मेल खाने जो कोहीले प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रहरीले दिएको शव पहिचानसम्बन्धी विवरण अनुसार मृतकले कालो रंगको भेष्ट र कालो रंगको ट्र्याक लगाएका थिए। उनको उचाइ करिब ५ फिट ३ इन्च रहेको छ भने कपाल कालो र सेतो मिसिएको (फुलेको) थियो । देख्नमा तराई मूलका जस्तो देखिने पुरुष भएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?