जेनजी आन्दोलनबारे एमालेबाट पहिलो क्षमायाचना, विष्णु पौडेलले व्यक्तिगत रुपमा मागे माफी

लोकपथ
4.2k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी आन्दोलनमा भएको घटनाप्रति माफी मागेका छन् ।

एमालेका अन्य नेताहरु अरुमाथि दोषारोपण गरेर आफू रक्षात्मक बन्न खोजिरहँदा पौडेलले भने क्षमायाचना गरेका हुन् ।

सरकारमा सामेल मात्र होइन नेतृत्व गरेको पार्टी एमालेले हालसम्म घटनाबारे कुनै आत्मालोचना नगरिरहेका बेला पौडेल भने फरक देखिएका हुन् ।

पौडेलले देशमा नयाँ परिस्थिति बनेको एक सातापछि विज्ञप्ति जारी गर्दै एमालेले गरेको कामका विषयमा समेत समीक्षा हुनु जरुरी रहेको बताएका छन् । साथै जेनजी आन्दोलनबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन् ।

‘विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । व्यक्तिगत रुपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु,’ उनले भनेका छन् ।

यता जेनजी आन्दोलनप्रति भएको घटनाको निष्पक्ष छानबिनका बारेमा एमाले पंक्ति मौन रहेका बेला पौडेलले भने व्यक्तिगत रुपमा दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

‘जेनजी आन्दोलनको क्रममा भएको हिंसा।, हत्या तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुन बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक सार्वजनिक तथा निजी संरचनाहरुको यथाशीघ्र पुनर्निमाण गर्न सरकारसँग माग गर्दछु,’ उनले भनेका छन् ।

यसैगरी जेनजी आन्दोलनपछि निर्माण भएको गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले शान्ति र अमनचयन कायम गर्ने भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने काम गर्न र तोकिएको मितिमा आम निर्वाचन गराउने अभिभारा पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?