काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भुमिका खेलेको दाबी गरेका छन् ।
शुक्रबार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् । उनले जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको बताए ।
रातभर राष्ट्रपति, प्रधानसेनापती र राजनीतिक दलका नेतहरुसँग छलफल संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेको उनको दाबी छ । संविधान र राष्ट्रपतिको संस्था जोगाउनुमा माओवादी केन्द्रको पनि ठूलो योगदान रहेको भन्दै उनले त्यसलाई जोगाउनु आफ्नो राजनीतिक जिम्मेवारी भएको पनि बताए ।
उनले नेपालको सबैभन्दा ठूलो जेनजी आन्दोलन माओवादी जनयुद्ध नै भएको समेत बताए । उनले जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी शक्तिहरुले घुसपैठ गरेको पनि टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया