सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.5k
Shares

काठमाडौं । साताको अन्तिम दिन (आज) शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढेर २ लाख १६ हजारमा पुगेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर २ हजार ५८० रुपैयाँमा स्थिर भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?