काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक जना लेखा अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्की छन् ।
आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएको बताइएको छ ।
जेनजी आन्दोलनपछि सरकारी कर्मचारी पनि सुध्रिने अपेक्षा गरिरहेका बेला कार्कीले यसलाई गलत साबित गरिदिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया