बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैन : शंकर पोखरेल

लोकपथ
483
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बलिदानीपूर्ण संघर्षमार्फत स्थापित भएका राजनीतिक दलहरूलाई निषेध गर्न खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई कमजोर बनाउन राजनीतिक दलहरूलाई निषेध गर्ने प्रयास भएको दाबी गरे । ‘लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन, ‘उनले भने ।

उनका अनुसार कुनै दलका नीतिहरू मन नपरे नयाँ राजनीतिक दल खोल्न सकिने संविधानिक अधिकार छ । तर स्थापित दलहरूलाई एकाधिकारवादी ठहर गर्दै निषेध गर्नु संविधानको मान्यता नभएको स्पष्ट पारे । 

उनले भने, ‘नीतिमा प्रतिस्पर्धा लोकतन्त्रको विशेषता हो । एमाले वा कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति ल्याउने सामर्थ्य जोसँग छ, संविधानले त्यो बाटो खुलेको छ ।’

महासचिव पोखरेलले नवयुवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्र लोकतन्त्रलाई कमजोर पार्ने कार्य भएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?