नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

लोकपथ
252
Shares
फाइल तस्बिर

काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण गए राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।

पहिरो पन्छाइ राति ११ः५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइए पनि बिहान ७ः१५ बजेदेखि मात्र दुईतर्फी यातायात सुचारु भएको प्रहरीले जनाएको छ।

उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?