काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व फेरिएको छ । हाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले परिसरको कमाण्ड सम्हाल्दै आएका थिए ।
बिहीबार गृहमन्त्रालयले अधिकारीलाई हटाउँदै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एसएसपी रमेश थापालाई जिम्मेवारी दिएको हो ।
यसअघि थापाले जिल्ला प्रहरी कार्यालय कास्कीको समेत कमाण्ड सम्हालिसकेका छन् । अधिकारीलाई भने प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले व्यापक धरपकड गरेको भन्दै परिसरको नेतृत्वमा रहेका अधिकारीको समेत आलोचना भएको थियो ।
यसअघि बुधबार ठूलो संख्यामा डीएसपी र एसपीको समेत सरुवा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया