बेनी-दरवाङ सडक अवरुद्ध

लोकपथ
21
Shares
फाइल तस्बिर

काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रको जीवनरेखा मानिने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । 

बुधबार राति मङ्गला गाउँपालिका–२ लाम्पाटामा पहिरो खस्दा म्याग्दीका मङ्गला, मालिका र धवलागिरी गाउँपालिका बेनी सदरमुकामसँग सिधा यातायात सम्पर्कबाट वञ्चित भएका छन् ।

सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दालाई आवतजावत, ढुवानी र दैनिक आवश्यक सामग्रीको आपूर्ति गर्न समस्या भएको छ ।

स्थानीय प्रशासनले तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?