काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि सिन्धुपालाञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङले आक्रमण गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएकी पन्तको उपचार शंकरापुर अस्पताल नारायणटारमा भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा तामाङले मदिरा सेवनपछि कोठामा प्रवेश गरी आक्रमण गरेको खुलेको छ ।
खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया