जनमत पार्टीले सोध्यो मधेसका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण 

लोकपथ
315
Shares

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी हित विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेका छन् ।

अनुशासन समितिको पत्रमा मधेस प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र बाहिरिने निर्णय गर्दा समेत सिंह पदमा रहेको उल्लेख छ । सिंहले स्वयं फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराए पनि औपचारिक रूपमा राजीनामा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

पत्रमा भनिएको छ, ‘अन्य पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरीत गतिविधि गर्नुभएको, पार्टीलाई आघात पुर्‍याउने काम गर्नुभएको र पार्टीको छविलाई आँच पुर्‍याउनुभएको’ आरोपमा स्पष्टीकरण मागिएको हो ।

सिंहलाई कारबाही गर्ने चेतावनीसमेत दिँदै समितिले पत्रमा भनेको छ, ‘तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो, तीन दिनभित्रमा स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?