देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

लोकपथ
805
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बारा, पचरौता नगरपालिका(१ पिपरपाती बस्ने ६५ वर्षीय बासुदेव माझी सोही ठाउँस्थित आफ्नै खेतमा गए राति मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका–५ हरियाली टोलस्थित कुलोमा सोही ठाउँ बस्ने ५१ वर्षीय पदम बहादुर घर्ती बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दाङ, गढवा गाउँपालिका–३ गोबरडिहा बस्ने ५५ वर्षीया छुत्री चौधरी सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

छुट्टाछुट्टै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?