काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता भएको छ ।
आज कार्की र मोदीबिच आधाघण्टा हाराहारी कुराकानी भएको हो ।
कुराकानीका क्रममा मोदीले हालै नेपालमा भएको घटनाप्रति दुःख व्यक्त गरे । साथै नेपालमा शान्ति र स्थायित्व पुनस्र्थापना गर्न छिमेकीको नाताले भारतको सधैँ साथ रहने विश्वास व्यक्त गरेको मोदीले ट्वीट गर्दै जानकारी दिएका छन् ।
त्यस्तै असोज ३ गते शुक्रबार (भोलि) नेपालको संविधान दिवस रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्की र नेपाली जनताका साथ शुभकामना व्यक्त गरे ।
‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ,’ मोदीको ट्वीटमा भनिएको छ ।
Had a warm conversation with Mrs. Sushila Karki, Prime Minister of the Interim Government of Nepal. Conveyed heartfelt condolences on the recent tragic loss of lives and reaffirmed India’s steadfast support for her efforts to restore peace and stability. Also, I extended warm…
— Narendra Modi (@narendramodi) September 18, 2025
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया