कार्की–मोदी फोनवार्ता हुँदै

लोकपथ
616
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भइरहेको छ ।

आज बिहान साढे ११ बजे हुनेगरी फोनवार्ताको तयारी गरिएको हो । उनीहरुबीच मंगलबार नै वार्ता हुने तयारी भएको थियो । तर अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीलाई मोदीले तुरुन्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?