हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेको र म्याद गुज्रेको सामान बिक्री गरेको आरोपमा चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न उद्योग तथा व्यवसायबाट संकलन गरिएका नमुनाको परीक्षणमा कैफियत भेटिएपछि मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो ।
यसअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एकविरुद्ध मुद्दा दर्ता भएको उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया