काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानी तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे यो घटना भएको हो । घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् ।
पेन्सिलभेनियाका प्रहरी कमिस्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएअनुसार, गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ ।
प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ ।
बिबिसीका अनुसार, गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा गरिसकेको छैन ।
प्रहरी अधिकारीहरूको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया