काठमाडौं । राजधानीको वनस्थलीमा आज (विहीबार) बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ वनस्थली स्कुल अगाडि ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
संखुवासभा खाँदबारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घटना आज बिहान करिब साढे ५ बजे भएको हो । ठक्करबाट गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया