काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास भारततर्फ अवस्थित रहेको जनाएको छ । तर नेपालमा अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
यससँगै कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने महाशाखाले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया