थप दयनीय बन्यो अफगान बालबालिकाको अवस्था

लोकपथ
322
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

युनिसेफका अनुसार, शिक्षा, स्वास्थ्य सेवा, सफा खानेपानी र बाल संरक्षणजस्ता आधारभूत सेवाहरू अब उनीहरूका लागि जीवनरक्षक बनेका छन् ।

विगतका दशकदेखि द्वन्द्व, गरिबी र सामाजिक प्रतिबन्धहरूले बालबालिकाको अधिकार र भविष्यमा गम्भीर असर पारेको बताइएको छ ।

अफगान बालबालिकाहरू अहिले पनि भोक, रोग र असुरक्षाको चपेटामा परिरहेका छन् । यस्तो अवस्थामा जापानको सहयोगले केही आवश्यक सेवा पुर्‍याउन मद्दत पुगेको युनिसेफले जनाएको छ ।

यसैबिच, पाकिस्तानबाट हालै जबरजस्ती फर्काइएका अफगान शरणार्थीहरूले पनि गम्भीर कठिनाइ भोगिरहेका छन् । उनीहरू खाद्यान्न, आवास र आधारभूत राहतको अभावमा रहेका छन् ।

‘हामीलाई बस्नका लागि जमिन चाहिएको छ, बच्चाहरू भोकै छन् । जाडो आउँदैछ, हामीलाई सहयोग आवश्यक छ,’ एक शरणार्थी बिबी शम्सले भने ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोग (यूएनएचसीआर)का अनुसार, सेप्टेम्बरको पहिलो सातामा मात्रै करिब एक लाख अफगान नागरिक पाकिस्तानबाट देशनिकाला भएका छन् ।

युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको भविष्य जोगाउन तत्काल कदम चाल्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?