धरान । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले आज बिहान ११ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७ हजार ३० क्युसेक पुगेको जानकारी दिएका छन् ।
मङ्गलबार बेलुका १० बजे गरिएको मापनमा प्रतिसेकेन्ड १ लाख ८२ हजार २८७ क्युसेक पानीको प्रवाह भएकोले २४ ढोका खोलिएको थियो ।
गत भदौ १७ गते उच्च बहावका कारण कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका थिए । त्यसयता पानीको बहाव घट्दै गएको थियो, तर आज बिहानदेखि पुनः बढेको प्रवक्ता खतिवडाले बताए ।
कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बालिने प्रचलन छ । सोहीअनुसार अहिले ब्यारेजको कन्ट्रोल रुमले रातो बत्ती बालिएको जनाएको छ ।
प्रवक्ता खतिवडाका अनुसार पहाडी भेगमा भइरहेको लगातार वर्षाका कारण जलसतह बढ्दै गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया