काठमाडौं । जनमत पार्टीबाट अध्यक्ष डा. सीके राउतलाई पद छाड्न दबाब बढेको छ ।
पार्टीका केही पदाधिकारी तहका नेताहरुले राउतलाई वर्तमान परिस्थितिलाई मूल्यांकन गर्दै २४ घण्टाभित्र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएका हुन् । विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको आवाज उठेको भन्दै राउतलाई नेतृत्व छाड्न २४ घण्टाको अल्टिमेटम दिइएको हो ।
‘यस परिस्थितिमा पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरु पार्टीका जिम्मेवार पदाधिकारीहरुको हैसियतले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सि.के राउत) र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी दुई जनाले नेतृत्व छाड्दा पार्टी थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बन्ने समेत दाबी गरेका छन् ।
जनताको अथक भरोसा र समर्थनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएको तर पछिल्लो समय पार्टीको शीर्ष तहका नेतृत्वबाट कमजोर कार्यशैली देखाएको आरोप समेत लगाइएको छ ।
जेनजी आन्दोलनपछि हरेक दलमा नेतृत्वमाथि प्रश्न उठिरहेको छ । हरेक दलबाट नेतृत्व परिवर्तनका लागि समेत आवाज उठिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया