संसद् भवनको निरीक्षणपछि कुलमान भन्छन्– ‘क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छ’

लोकपथ
196
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई तथा भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको विवरण चाँडै सार्वजनिक गरिने बताएका छन् ।

बुधबार अपराह्न, संसद् भवनमा आगजनीले क्षतिग्रस्त संरचनाको अवलोकनका क्रममा मन्त्री घिसिङले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ । देश विदेशमा रहेका सबै नेपाली जनताले देशलाई समृद्धितर्फ लैजान योगदान दिनुपर्छ भन्ने उद्देश्यले यो अभियान सञ्चालन हुनेछ ।’

मन्त्री घिसिङले यसअघि मात्रै काठमाडौंमा नभई देशभरका विभिन्न स्थानमा ठुलो क्षति भएको बताएका छन् । उनले थपे, ‘ठुलो क्षति भएको छ। क्षतिको प्रारम्भिक मूल्याङ्कन (एसिस्मेन्ट) चाँडै सार्वजनिक गरिनेछ । त्यसबाट नपुगे सरकार आवश्यक अन्य व्यवस्थाहरू गर्नेछ ।’

सरकार क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तयारीमा अघि बढिसकेको मन्त्री घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?